
३ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयमा गरेको रिले अनशन स्थगित गरेको छ ।
कोरोना भाइरस संक्रमणको महामारीलाई दृष्टिगत गरी अनशनको कार्यक्रम केही दिनका लागि स्थगित गरिएको संघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
पोखरा विश्वविद्यालयका उपकुलपति र रजिष्टारको नियुक्तिको माग गर्दै नेविसंघले जारी राखेको रिले अनशन २६ औँ दिनमा स्थगित गरिएको उनले बताए ।
विश्वविद्यालयमा लामो समयदेखि पदाधिकारीविहीन हुँदा शैक्षिक गतिविधिमा असर परेको र त्यसले हजारौँ विद्यार्थीको भविष्य अन्योल बनेको उनको भनाइ छ ।
विद्यार्थीले राखेको जायज माग सम्बोधन गर्न सरकारले बेवास्था गरेको भन्दै भट्टराईले आन्दोलनका कार्यक्रम फरक किसिमबाट सञ्चालन हुने बताउ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4