+
+
Shares

भारतले थप ६ वटा विमानस्थलको व्यवस्थापन निजी क्षेत्रलाई सुम्पियो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३ गते १८:४०

नयाँ दिल्ली । भारत सरकारले सरकारले चलाइरहेका विभिन्न ६ वटा विमानस्थलको संचालन तथा व्यवस्थापन निजी क्षेत्रलाई सुम्पिएको छ ।

बुधबार बसेको क्वाविनेट बैठकले ६ वटा विमानस्थलाई निजीकरण गर्ने निर्णय गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतेल अमृतसर, इन्दोर, राँची, त्रिची, भूवनेश्वर र राइपुर विमानस्थललाई निजीकरण गरिदिएको हो ।

भारतले यसअघि नै १२ वटा विमानस्थल निजी क्षेत्रलाई सुम्पिने निर्णय गरेको थियो । त्यसअनुसार ६ वटा विमानस्थल पहिलो चरणमा निजी क्षेत्रको जिम्मा लगाइसकिएको छ । यसरी निजीकरण भएका विमानस्थल अहमदावाद, मेङ्लौर, लखनउ, गुवाहाटी, तिरुवनंतपुरम र जयपुरलाई यसअघि नै निजीकरण गरिएको हो ।

आज घोषणा भएका निजी विमानस्थल संचालन गर्ने गरी सन् २०२० भित्रै जिम्मा लगाउने तयारी सरकारले गरेको हो । यी विमास्थल ५० वर्षका लागि निजी क्षेत्रलाई दिइने भएको छ ।

पछिल्लो समय संसारभर विमानस्थल संचालन र व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने प्रचलन बढेको छ । नेपालमा भैरहवास्थित गौतमबुद्ध विमानस्थल संचालनको जिम्मा निजी क्षेत्रलाई दिने भनिए पनि तयारी शुरु भइसकेको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?