Comments Add Comment

माछापोखरीबाट दुई पेस्तोल र १० राउण्ड गोली बरामद, दुई जना पक्राउ

४ भदौ, काठमाडौं । प्रहरीले माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको छ । प्रकरणमा संलग्न एक जना माछापोखरीबाट समातिएका छन् भने अर्का व्यक्ति नुवाकोटबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–६ का विकेश पण्डित र नुवाकोटको लिपु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङ छन् ।

तामाङले दिएको हतियार लिएर आउने क्रममा पण्डित पक्राउ परेका थिए । त्यसपछि अपराध महाशाखाले प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा नुवाकोटमा टोली पठाएर तामाङलाई उनकै घरबाट पक्राउ गरेको एसएसपी थापाले बताए ।

तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका व्यक्ति हुन् । पक्राउ परेपछि बयान दिँदै उनले बरामद हतियार हातहतियार तथा खरखजना र डाँका सम्बन्धी मुद्दामा सँगै कारागारमा रहेका धनुषाका शम्भु कार्कीको भएको बताएका छन् ।

कार्कीले नै बरामद हतियार लागूऔषध मुद्दामा कारागारमा रहेका राजकुमार गुरुङलाई राख्न दिएको खुलेको छ । उनले बालाजुका एक होटल सञ्चालकलाई हतियार राख्न दिएका थिए ।

होटल साहुले लुकाएर हतियार राखेको स्थान तथा व्यक्ति थाहा छ भनेर विनोद भन्ने व्यक्तिले भनेपछि हतियार पण्डितलाई दिनु भनेको तामाङले खुलाएका छन् । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment