+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

हुम्लाका १२८ वटै पिसिआर रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ६ गते २१:५५

६ भदौ, हुम्ला । कोरोना सङ्क्रमणको पछिल्लो अवस्था बुझ्नका लागि जिल्लामा पछिल्लोपटक सङ्कलन गरिएका स्वाबको नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

यही भदौ १ गते जिल्लाका विभिन्न क्षेत्रका १२८ स्वाबको नमूना सङ्कलन गरिएको थियो । ती सबै नमूनाको परीक्षण नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका डा. टसी लामाले जानकारी दिए । भदौ २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

पछिल्लो समय देशका विभिन्न क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अनपेक्षितरूपमा बढेपछि बढी जनसम्पर्कमा आउने कार्यालय, वित्तीय संस्था, शैक्षिक संस्था, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको प्रतिनिधित्व हुने गरेर पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

अहिलेसम्म जिल्लामा कोरोना पोजेटिभ नदेखिएको हुम्लामा पछिल्लो समयमा गरिएको पिसीआर परीक्षणले समेत ग्रिनजोनकै रूपमा रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।

सिमकोट गाउँपालिका र जिल्ला अस्पताल हुम्लामा मौज्दात रहेको पिसीआर किटका आधारमा गरिएको १२८ जनाको नतिजा नेगेटिभ आउनुले हुम्ला ग्रिनजोनकै रूपमा रहेको बताए।

हवाई तथा स्थलमार्ग भएर जिल्लामा आउने यात्रुलाई सरकारले तोकेको मापदण्ड अनुसार क्वारेन्टिनमा राखेर आवश्यक सावधानी अपनाएको खण्डमा जिल्लालाई ग्रिनजोनकै रुपमा राख्न सकिने दाबी प्रजिअ गिरीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?