+
+
Shares

प्रादेशिक अस्पतालका दुई कर्मचारीमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ८ गते १५:४८

८ भदौ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार अस्पतालको आर्थिक प्रशासन शाखा र कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको हो । दुईजनामध्ये एकजना पुरुष र एकजना महिला हुन् ।

उनीहरुमा ज्वरो देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल आफ्नै घरमा रहेका उनीहरुलाई अस्पताल ल्याई आइसोलेसनमा भर्ना गरेर उपचार गरिने प्रवक्ता गौतमले बताए ।

हालसम्म अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना निको भइसकेका डा. गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?