+

नेमार र एमबाप्पेले गुमाएको अवसर

२०७७ भदौ  ८ गते १८:५३ २०७७ भदौ ८ गते १८:५३
नेमार र एमबाप्पेले गुमाएको अवसर

८ भदौ, काठमाडौं  । च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसंग १- ० ले पराजित भएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेमारले आँशु झारेको फोटो चर्चामा रह्यो ।

पछिल्ला वर्षहरुमा कतारी मालिकले १,२५४ मिलियन युरो फ्रेन्च क्लबको लागि खर्च गरेको थियो । तर बायर्नसंगको हारले पीएसजी व्यवस्थापन, खेलाडी र समर्थकलाई निराश बनायो ।

कतारी मालिककले क्लब किनेको केही वर्षपछि पिएसजीले नेमार र किलियन एमबाप्पे जस्ता स्टार खेलाडी अनुबन्ध गर्न सफल भयो । त्यसमा लागि ४०० मिलियन युरो क्लबले खर्च गरेको थियो । च्याम्पियन्स लिग उपाधि जित्नका लागि यो सबै गरिएको थियो ।

तर यो जोडीका लागि आइतबारको रात निराशाजनक रह्यो । नेमारले जर्मन क्लबविरुद्ध केही गोलको अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् । एमबाप्पेले भने पीएसजीका लागि गोल्डेन चान्स गुमाए ।

नेमार र एमबाप्पेले फ्रान्समा सबै खालका प्रतियोगिता जितेका छन् । तर युरोपमा भने पीएसजीका लागि सफलता हात पार्न सकेनन् । अर्को तथ्य के हो भने पीएसजी च्याम्पियन्स लिग जित्न निकै नजिक पुगेर पनि चुक्यो । पीएसजी ५० वर्षको इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो ।

कोभिड-१९ महामारीले गर्दा उत्पन्न आर्थिक संकटका कारण समरमा क्लबहरुका लागि ठूलो खर्च गर्न असम्भव जस्तै छ । त्यसैले यी दुवै खेलाडीले अर्को वर्ष पीएसजीका लागि च्याम्पियन्स लिगमा फेरि प्रमाणित गर्ने अवसर पाउनेछन् ।

एमबाप्पे नेमार पीएसजी फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय