Comments Add Comment

भार्डीले थपे १ वर्ष सम्झौता, २०२३ सम्म लेस्टरमै रहने

१० भदौ काठमाडौं । प्रिमियर लिग क्लब लेस्टर सिटीका स्टाइकर जेमी भार्डीले क्लबसंग एक वर्षको सम्झौता थप गरेका छन् ।

३३ वर्षीय भार्डीको सम्झौता अझै २ वर्ष बाँकी छ । त्यसमा उनले एक वर्षको सम्झौता थप गरेका छन् । नयाँ सम्झौता थप गरेपछि भार्डी अब २०२३ सम्म लेस्टरमै रहनेछन् ।

गत सिजनमा भार्डीले प्रिमियर लिगमा २३ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेका थिए । लेस्टरमा फेरि एक पटक मेरो भविष्य निश्चित गर्न पाउ मलाई विशेष अनुभव भएको छ ।

बुधबार एक वर्षको सम्झौता थप गरेपछि भार्डीले भनेका छन् ‘किंङ पावर स्टेडियममा आफ्नो फ्यानका अगाडि खेल्न मलाई मन लाग्छ र म क्लबमा यात्रा निरन्तर गर्न पाउँदा खुशी छु ।’

नयाँ सम्झौतापछि लेस्टरमा भार्डीको समय ११ वर्ष पुग्नेछ । उनी सन् २०१२ मा नन लिग क्लब फ्लिटउड एफसीबाट लेस्टरमा अनुबन्ध भएका थिए ।

सन् २०१५-१६ मा लेस्टरलाई प्रिमियर लिग उपाधि दिलाउन भार्डीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उक्त सिजनमा उनले २४ गोल गरेका थिए । गत जुनमा उनले प्रिमियर लिगमा १०० गोल समेत पूरा गरे । र उनी त्यस उपलब्धी हात पार्ने २९ औं खेलाडी बनेका छन् ।

८ वर्षमा कूल १२९ गोल गरेका भार्डी लेस्टरको चौथो सर्वाधिक गोलकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment