Comments Add Comment

अफ्रिकामा कोरोना संक्रमण घट्यो

११ भदौ, काठमाडौं । अफ्रिका महादेशमा पछिल्लो सातामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ ।

अफ्रकाका वरिष्ठ अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा अफ्रिकामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा २० प्रतिशतको कमी आएको हो । यद्यपि अधिकारीहरुले अहिले नै कोरोना भाइरसको संक्रमण घट्यो भनेर खुसीयाली मानाउने अवस्था भने नरहेको बताएका छन् ।

अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका जोन न्केङ्गसोङले पछिल्लो समय अफ्रिकामा परीक्षण तथा कोरोना भाइरस नियन्त्रणको प्रयासहरु भइरहेको भए पनि केवल एक/दुई संक्रमितले पनि संक्रमण फैलाउन सक्ने बताए ।

उनले पछिल्लो दुई सातामा अफ्रिकाका ५४ मध्ये २३ मुलुकमा नियमितरुपमा कोरोना भाइरसको संक्रमण घटिरहेको पनि उल्लेख गरे । अहिलेसम्म अफ्रिकी महादेशमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या १२ लाख नाघेको छ । जसमध्ये करिब आधा संक्रमित दक्षिण अफ्रिकामा फेला परेका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment