Comments Add Comment

‘पारस’का लागि अनमोलको मिहिनेत

नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । लकडाउन अगाडि करिब ३५ प्रतिशत छायांकन भएको चलचित्रको बाँकी काम सुरु हुन सकेको छैन ।

चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने निर्माणपक्षको योजना पुरा हुन सकेन । चलचित्रको छायांकनको काम नै कहिलेबाट सुरु हुन्छ पक्का छैन । चलचित्रका मुख्य नायक अनमोल केसी लकडाउन भएपछि घरमै छन् । उनले लकडाउन खुकुलो भएपछि केही चर्चित कम्पनीका विज्ञापनमा काम गरे ।

नायक अनमोल केसी अहिले आफ्नो नयाँ चलचित्र ‘पारस’को स्क्रिप्टमा ध्यान दिइरहेका छन् । माधव वाग्लेले निर्देशन गर्ने यो चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्दैछ ।

अनमोलका अनुसार, चलचित्रको स्क्रिप्टलाई अझै बलियो बनाउन सकिन्छ कि भनेर काम भैरहेको छ । उनी, यो चलचित्रमा काम गर्नका लागि उत्साहित पनि छन् ।

अनमोल अहिले दैनिक स्क्रिप्ट लेखकसँग घरमै नयाँ केही गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छन् । चलचित्रको कथा बलियो बनाएको खण्डमा जस्तो अवस्थामा पनि दर्शकले मन पराउने विश्वास उनको छ ।

चलचित्रको कथावस्तु बलियो भएकै कारण निर्माता भूवन केसीले निर्देशक माधव वाग्लेसँग सहकार्य गरेका हुन् । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकिएपछि अनमोलले ‘पारस’को काम सुरु गर्ने योजना बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment