+
+
Shares

युरोपमा राष्ट्रियस्तरमा लकडाउन गर्नु आवश्यक छैन : डब्ल्यूएचओ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १७ गते ११:२१

१७ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युरोपमा अब राष्ट्रिय स्तरमा लकडाउन गर्न आवश्यक नरहेको बताएको छ ।

केवल स्थानीय स्तरमा लकडाउन गर्दै युरोपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा आउन सक्ने डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओका अनुसार अब युरोप खोप विना नै कोभिड–१९सँग बाँच्न सक्ने बताएको छ ।

डब्ल्यूएचओको युरोपका क्षेत्रीय निर्देशक हेन्स क्लूगले एक अन्तर्वार्तामा भने, ‘महामारीविरुद्धको जित खोपबाटै हासिल हुन्छ भन्ने कुनै जरुरी छैन । महामारीलाई त्यतिबेला मात्र जित्न सकिन्छ, जतिबेला हामी महामारीसँगै बाँच्न सिक्छौँ ।’

उनलाई आगामी महिनामा संक्रमणको दोस्रो लहरबाट बच्न राष्ट्रियरुपमा लकडाउन हुन सक्छ विषयमा गरिएको प्रश्नमा उनले भने, ‘मलाई त्यसको आवश्यकता पर्दैन भन्ने लाग्छ । तर स्थनीय स्तरमा लगाइने लकडाउनको सम्भावना भने नकार्न सकिँदैन ।’

स्रोत : बीबीसी

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?