+
+

धनुषा र सर्लाहीमा महिलाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते १३:४५

१८ भदौ, जनकपुरधाम । धनुषा र सर्लाहीको छुट्टाछुट्टै ठाउँमा बिहीबार दुईजना महिलाको शव फेला परेको छ ।

धनुषाको धनौजी गाउँपालिका वडानम्बर १ लखौरीमा पानीमा तैरिरहेको अवस्थामा एकजना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

रेल्वे लिकको दक्षिणपट्टीको खाल्डोमा ती महिलाको शव फेला परेको हो । मृतक अन्दाजी २८ वर्षीया महिलाको सनाखत हुन नसकको तथा अन्य अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र मिश्रले बताए ।

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलबास बजारमा पनि एक महिलाको शव फेला परेको छ । पहिचान खुल्न नसकेका महिलाको शव एनसीसी बैंक अगाडि फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । अन्दाजी ३० वर्षीया महिलाको मानसिक सन्तुलन ठीक नभएकको र मागी खाने हिँडने भएको उनले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?