
१९ भदौ, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) कारण सुर्खेतका एक पुरुषको काठमाडौंमा मृत्यु भएको छ । वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत वीरेन्द्रनगर नगरपालिकाका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
क्यान्सर पीडित ती पुरुष उपचारका लागि छाउनीमा रहेकै बेला भदौ १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको बिहीबार साँझ १०ः४५ बजे मृत्यु भएको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी गराएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका नवराज कँडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4