+
+

कोरोना संक्रमणबाट मोरङमा एकैदिन चार जनाको मृत्यु

हरि अधिकारी हरि अधिकारी
२०७७ भदौ २० गते १६:५४

२० भदौ, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मोरङमा एकैदिन चारजनाको मृत्यु भएको भएको छ । पछिल्लो २४ घण्टामा विराटनगरका दुुई महिला र धनपालथान र बुढीगँगा गाउँपालिकामा एक-एक जना पुुरुषको मृत्यु भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएकी विराटनगर-४ की ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै विराटनगर-११ की ४३ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ ।

मोरङको धनपालथान गाउँपालिका- ३ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । शुक्रबार बेलुका केन्द्रमा भर्ना गरिएको उनको शनिबार दिउँसो करिब १ बजे मृत्यु भएको हो ।

यस्तै बुढीगंगा गाउँपालिका-५ का ४५ वर्षीय पुुरुषको विराट मेडिकल कलेजमा मृत्यु भएको छ । यससँगै प्रदेश १ मा मृतकको संख्या २७ पुगेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?