+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

क्वारेन्टिनमा खाना खर्च बढाउन उपत्यकाका सिडिओको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते २०:४१

२१, भदौ, काठमाडौं । उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी -सिडिओ) हरुले क्वारेन्टिनमा रहँदा सरकारले दिने खाना खर्चवापत दिने गरेको प्रतिव्यक्ति १७५ रुपैयाँ कम भएको भन्दै बढाउन केन्द्र सरकारलाई सुझाव दिएका छन् ।

हाल सरकारले क्वारेन्टिनको खाना खर्च प्रतिव्यक्ति १७५ को तोकेको छ । ‘खानाको दररेट पुनरावलोकन गर्नैपर्छ । कम्तिमा दिनको ६०० रुपैयाँ भयो भने हुन्छ’ काठमाडौंका सिडियो जनकराज दाहालले भने, ‘एकातिर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको पोषणतत्वसहितको स्टामिना बढाउनेखालको भन्छ, अर्कोतिर १७५ रुपैयाँको भनेको छ । यसमा सरकारका तर्फबाट रिभ्यू अनिवार्य छ ।’

भक्तपुरकी सिडियो होमकला पाण्डेले पनि १७५ मा रुपैँयामा खाना खुवाउन नसकिने बताइन् ।

चीनबाट नेपाली विद्यार्थी ल्याएर राख्दा प्रतिव्यक्ति १३ सयमा खाना खुवाइएको, बंगलादेश ल्याउँदा ७५० र तेस्रो चोटि ५५० मा खुवाइएको र अहिले पनि ५५० मै आना खुवाइरहेको जानकारी दिँदै पाण्डेले भनिन्, ‘क्वारेन्टिनमा बस्नेलाई १५० मा खुवाउन सम्भव नै छैन ।’

आइतबार संसदीय समितिले आयोजना गरेको छलफलमा सहभागी नगरपालिका फोरम तथा नगरपालिका संघका पदाधिकारीहरुले पनि सरकारले संक्रमण भएका व्यक्तिहरुको क्वारेन्टिनमा खानाका लागि तोकेको १७५ निकै कम भएको भन्दै बढाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?