Comments Add Comment

घरपालुवा जनावरसँगबाट कोरोनाको जोखिम छ ?

पहिलो पटक गत जुलाई महिनामा कोरोना भाइरसका कारण एउटा कुकुरको अमेरिकामा ज्यान गयो । त्यतिबेलासम्म कोरोना भाइरसले जनावरलाई खासै असर गर्दैन भन्ने गरिन्थ्यो । टेस्ट पनि अत्यन्त कम हुने भएकोले पाल्तु जनावरमा कोरोना भाइरसको संक्रमणका घटनाहरू एकाधबाहेक विश्वमा कमै मात्र छ ।

कोरोना भाइरसको प्रकोप बढ्दो क्रममा छ । नेपालमा कुल संक्रमितको संख्या ५० हजार पुग्न लागिसकेको छ । कोरोनाकै कारण सरकारले जारी गरेको निषेधाज्ञाका कारण धेरै मान्छे घरभित्र नै दिन बिताउने गरेका छन् । घरभित्र नै दिन बिताउने क्रममा मान्छेको घरमा पालेर राखेका जनावरहरूसँग पनि धेरै घुलमिल हुने खेल्ने गरिन्छ । तर यस्ता घरपालुवा जनावरहरूबाट मान्छेमा कोरोना सर्ने सम्भावना कति छ ?

पाल्तु जनावरलाई पनि घुमाउनको लागि बाहिर लैजाने गरिन्छ । सो क्रममा घरबाहिर बस्ने कुकुरहरूसँग उनीहरूको भेट हुने गर्छ । यस्तो अवस्थामा कुकुर-कुकुरबीच कोरोना सर्छ कि सर्दैन र कुकुरबाट मान्छेमा कोरोना सर्छ कि सर्दैन भन्ने कुरा अझै पनि कतिपय वैज्ञाननिकहरूको खोजीकै विषय बनेको छ ।

संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको विवरणअनुसार केही बिराला र कुकुरहरूमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यी जनावरहरू अधिकतर मान्छेसँग घुलमिल हुने खालका थिए । यी जनावरलाई मान्छेबाट संक्रमण भएको मान्ने गरिन्छ । तर घरपालुवा जनावरबाट मान्छेमा कोरोना सरेको भन्ने घटना भने अहिलेसम्म बाहिर आएको छैन ।

उपलब्ध सीमित जानकारीका आधारमा, घरपालुवा जनावरहरूबाट कोरोना भाइरस फैलाउने जोखिम कम हुन्छ भनिएको छ ।

अमेरिकी संघीय स्वास्थ्य एजेन्सी र पशु चिकित्सा विशेषज्ञहरूले महामारीको सुरु भएदेखि नै घरपालुवा जनावरहरूले घरमुलीलाई ठूलो जोखिम हुँदैन भनेर दाबी गर्दै आएका छन् । तर यस दाबीको लागि गरिएको अध्ययनबाट कडा प्रमाणको भने अभाव थियो र अहिले पनि छ । तर वैज्ञानिकहरूले अहिलेसम्म संकलन गरेका सबै प्रमाणहरूले भने बिरालाहरू र कुकुरहरूले सार्स २ कोभिड १९ लाई मानिसमा सार्न नसक्ने सम्भावनालाई बलियो रूपमा देखाएको छ । उनीहरू भन्छन् ‘आफैँले पालेको जनावरसँग बस्नुभन्दा किराना पसलमा सामान किन्न जानु जोखिमयुक्त छ’ पशु चिकित्सा विशेषज्ञ स्कट वीस भन्छन् ।

घरपालुवा हुन् या अरू जनावरहरूले पनि कोरोना भाइरस फैलाउनमा महत्वपूर्ण भूमिका खेल्दैनन् भन्ने अहिलेसम्मको वैज्ञानिक प्रमाणले भन्छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म त्यस्तो कुनै पनि प्रमाण छैन कि मानिस वा अन्य जनावरहरूमा घरपालुवा जनावरको छाला वा रौंबाट कोरोना भाइरस फैलिएको होस् ।

यद्यपि, यो कुरा मनमा राख्नु भने जरुरी छ कि साना बच्चाहरू, कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू, ६५ वर्ष उमेरका व्यक्तिहरूमा भने जनावरले बोक्ने केही अन्य कीटाणुहरूको जोखिम बढी हुन्छ । त्यसैले यो समूहका मान्छेहरू घरपालुवा जनावरसँग केहीहदसम्म नजिक नआउँदा नै राम्रो हुने सुझाव दिइन्छ ।

कुकुर होस् या बिरालाहरू पार्क वा सार्वजनिक स्थानमा धेरै भेला हुने र हिँडडुल गरिरहने स्वभावका हुन्छन् । घरपालुवा कुकुर डोहो¥याउन जाँदा अरू कुकुरसँग घरपालुवा कुकुरको भेट हुन सक्छ । यसले त्यसैले कुकुर डोहो¥याउन जाँदा पनि २ मिटरको सामाजिक दुरी कायम राख्नु अनिवार्य हुन्छ । घरपालुवा बिरालाहरूलाई घर भित्रै राख्नु राम्रो हुन्छ ।

तर मान्छेबाट सर्न सक्छ घरपालुवा जनावरमा पनि कोरोना

जनावरबाट सर्ने नसर्ने कुरा गरिरहँदा त्यस्ता घरपालुवा जनावर मान्छेबाट कति सुरक्षित छन् ? भन्ने प्रश्न पनि आउन सक्छ । क्यालिफोर्निया विश्वविद्यालय, डेभिसका प्रमुख पशु चिकित्सा अधिकारी एवं इन्टरनेशनल सोसाइटी फर क्याम्पियनिङ एनिमेन्टल इन्फेक्सनल डिजिजका संस्थापक जेन साइक्स भन्छन्, ‘अहिलेसम्म कोरोना पोजिटिभ आएका घरपालुवा जनावरको अवस्थालाई हेर्ने हो भने उनीहरूलाई जनावरका मालिकले नै कोरोना भाइरस सार्ने गरेको पाइएको छ । सबै कोरोना पोजिटिभ घरपालुवा जनावरलाई आफ्नै मालिकले संक्रमण सारेको पुष्टि भएको थियो ।

त्यस्तै, अप्रिल महिनामा न्युयोर्क सहरको ब्रोक्स चिडियाखानामा संक्रमित बाघ र सिंहमा पनि मान्छेबाटै भाइरस सरेको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment