
२२ भदौ, सप्तरी । सप्तरीको निषेधाज्ञा अब सदरमुकाम रहेको राजविराज नगरपालिका क्षेत्रमा मात्रै सीमित भएको छ ।
जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार राजविराज नगरपालिकामा आगामी भदौ २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
यद्यपी निषेधाज्ञा जारी भएको ठाउँमा खाद्यान्न, तरकारी र फलफूलका पसलहरु बिहान ५ बजेदेखि १० बजेसम्म खोल्न सकिने निर्णय भएको प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले जानकारी दिए ।
जिल्लाको अन्य ठाउँमा भौतिक दूरी कायम गरी खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, डेरी, हार्डवेयर, कपडा लगायतका पसलले ग्राहकको तापक्रम नाप्ने, २ मिटरको भौतिक दूरी कायम गर्ने, मास्क सेनिटाइजरको प्रयोग गरी संचालन गर्न दिइने ठाकुरले बताए ।
होटलमा भेटघाट तथा जम्मा हुन नदिइने, हाट बजार, गुद्री, व्युटि पार्लर, जिमखाना, सैलुन हाललाई सञ्चालन नहुने उनले जनाए ।
यस्तै, मंगलबारदेखि जिल्लामा जोर बिजोर नम्बर अनुसार निजी सबारी सञ्चालन हुन दिने र अर्काे सूचना जारी नभएसम्म सार्वजनिक यातायात चल्न नदिइने निर्णय बैठकले गरेको छ ।
सिटी रिक्सा बढीमा २ जना यात्रु बोकेर संचालन गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया 4