
२५ भदौ, विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिहीबार सिकिस्त अवस्थामा भर्ना भएकी विराटनगर- १९ मिलन चोककी ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।
५ दिनदेखि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आफन्तले कोशी अस्पताल ल्याएका थिए । आइसोलेसनमा राखिएकी उनकेा अवस्था गम्भिर भएपछि बेलुका कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा साँझ साढे ७ बजे मृत्यु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।
उनका अनुसार कोभिड १९ उपचार केन्द्रमा पुग्दा महिलाको शरिरमा अक्सिजनको मात्रा १८ प्रतिशत मात्र थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4