Comments Add Comment

राष्ट्रिय बाणिज्य बैंकको सिउरेनीटारमा एक्सटेन्सन काउन्टर

२८ भदौ, गोरखा । राष्ट्रिय वाणिज्य बैक गोरखा शाखाले गण्डकी गाउँपालिका-८ सिउरेनीटारमा एक्सटेन्सन काउन्टर स्थापना गरेर सेवा सुुरु गरेको छ ।

आइतबारबाट कारोवार सुरु भएको सहायक प्रबन्धक एवं सूचना अधिकारी सुजन क्याप्छाकी मगरले बताए । उनका अनुसार यो गोरखा शाखाको दोस्रो एक्टेन्सन काउन्टर हो ।

यसअघि राजश्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयमा एक्टेन्सन काउन्टर राखेर सेवा सुरु भइसकेको मगरको भनाइ छ ।

‘सिउरेनीटारको एक्टेन्सन काउन्टरबाट चेक क्लियरिङ, पेन्सन, राजश्व, इ-बैंकिङ, सरकारी कारोवार, एलआइसी अपडेटलगायतका सेवा दिन्छौ,’ उनले भने, ‘खाता खोल्ने र मुआब्जा वितरणको काम पनि त्यहीबाट हुन्छ ।’

उक्त काउन्टरबाट गोरखाको गण्डकी गाउँपालिका सँगै धादिङको वेनिघाट, मलेखुलगायतका स्थानीयले पनि सेवा लिन सक्ने उनले बताए ।

आइतबारबाट सेवा सुरु भएको उक्त काउन्टरको कोभिड-१९ का कारण औपचारिक उद्घाटन गर्न नसकिएको उनको भनाइ छ ।

गोरखा शाखाले यसअघि जिल्लाको चार ठाउँमा शाखारहित बैकिङ स्थापना गरेर सेवा सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment