+

ओलम्पियन नयना र बास्केटबल प्रशिक्षक विकासलाई कोरोना संक्रमण

२०७७ भदौ  ३० गते २०:४६ २०७७ भदौ ३० गते २०:४६
ओलम्पियन नयना र बास्केटबल प्रशिक्षक विकासलाई कोरोना संक्रमण

३० भदौ काठमाडौं । ओलम्पियन पौडीबाज नयना शाक्य र बास्केटबल प्रशिक्षक विकास शाहीलाई कोरोना संक्रमण भएको छ । नयनाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफू र परिवारका सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् ।

सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेकी नयनाले २००४ को एथेन्स ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । उनी १३ औं सागमा पौडीतर्फ प्रशिक्षकको रुपमा समेत थिइन् ।

यस्तै विकास शाही भने गत मंसिरमा भएको १३औं सागमा नेपालको महिला टिमले रजत पदक जित्दा प्रशिक्षक थिए ।

नयना र विकास श्रीमान श्रीमती हुन् । यस्तै नयनाले छोरा इभानलाई पनि कोरोना संक्रमण भएको जनाएकी छिन् ।

आफ्नो घरमा रहेको एक स्टोरको एक सञ्चालकलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा सुरुमा कोरोना नेगेटिभ आएको तर पछि श्रीमान विकासलाई केही लक्षणहरु देखिन थालेपछि डाक्टरको सल्लाहमा परीक्षण गराउदा कोरोना पोजेटिभ देखिएको नयनाले फेसबुकमा लेखेकी छिन् ।

नयनाले धेरै सावधानी अपनाएर घरमै बस्दा समेत कोरोना देखिएको भन्दै सबैलाई सजग हुन र यसलाई हल्का नलिन आग्रह गरेकी छिन् ।

कोरोना भाइरस खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय