Comments Add Comment

एकैदिन १५३९ जनामा कोरोना संक्रमण पुष्टि

३१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा ४०४ महिला र ११३५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो ।

यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएका छन् । देशभरमा हाल १६४२ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकामा मात्र ७३७ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका ६५२ छन् भने ललितपुरका ६० र भक्तपुरका २५ जना छन् ।

यस्तै काठमाडौंकी ७१ र ७४ वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै सिराहाका २७४ जना, सुनसरीका ७०, मकपानपुरका ४९, रुपन्देहीका ४५, सप्तरी र बाँकेका ४४/४४ जना, मोरङका ३५, सल्यानका ३३, कास्कीका ३२, झापा र गोरखाका १९/१९ जना, काभ्रेका १८, सुर्खेत र कैलालीका १४/१४ जना, अर्घाखाँचीका ९ र दाङका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्साका ७ जना, भोजपुर र नवलपुरका ५/५ जना, बाग्लुङ र नवलपरासीका ४/४ जना, धनुषा, दोलखा, तनहुँ र रोल्पाका ३/३ जना, धनकुटा, लजमुङ, स्याङ्जा, गुल्मी, पाल्पा, बर्दिया र दैलेखका २/२ जना तथा उदयपुर, ओखलढुंगा, खोटाङ, बारा, महोत्तरी, रौतहट, सर्लाही, चितवन, नुवाकोट, रामेछमप, सिन्धुपाल्चोक, सिन्धुली, म्याग्दी, कपिलवस्तु, जाजरकोट, रुकुम पूर्व र अछामका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment