
१ असोज, काठमाडौं । गृहमन्त्री जान नभ्याएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।
बिहीबार समितिको बैठकमा बाढी पहिरोका कारण भएको क्षतिको पछिल्लो अवस्था, बाढी पहिरोको जोखिम न्युनीकरण र पीडितलाई राहत र पुनस्र्थापनामा सरकारले गरेका कामबारे छलफल राखिएको थियो । त्यसका लागि गृहमन्त्री रामबहादुर थापालाई निमन्त्रणा गरिएको थियो ।
तर १२ बजेका लागि तोकिएको बैठकमा आफू आउन नभ्याउने भनी मन्त्री थापाले जानकारी गराएपछि बैठक स्थगित भएको समितिको सचिवालयले जानकारी दिएको छ ।
थापाले समिति सभापति शशी श्रेष्ठलाई टेलिफोन गरी त्यही समयमा मन्त्रिपरिषद बैठक रहेकाले आफू आउन नभ्याउने जानकारी गराएका सचिवालयका एक कर्मचारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4