+
+
Shares

लागुऔषध ब्युरोको नियन्त्रणबाट कोरोना संक्रमित अभियुक्त फरार

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते २२:२२
साङ्केतिक तस्वीर

२ असोज, काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको नियन्त्रणबाट एकजना कोरोना संक्रमित अभियुक्त भागेका छन् । लागूऔषध सम्बन्धी मुद्दाका प्रतिवादी काभ्रेको नमोबुद्ध नगरपालिकाका  रमेश तामाङ फरार भएका हुन् ।

शुक्रबार बिहान पौने २ आइसोलेसन कक्षबाटै फरार भएपछि उनको खोजी थालिएको ब्युरोका एसएसपी दिलिपकुमार चौधरीले अनलाइनखबरलाई बताए । उनीसहित अन्य संक्रमित थुनुवालाई वसुन्धारास्थित एक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

प्रहरीका अनुसार संक्रमितको सुरक्षा जिम्मेवारी निलम्बित प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई दिइएको थियो ।

शाही लागूऔषध सम्बन्धी घटनामा पक्राउ परेयता निलम्बित थिए । तर, संक्रमण देखिएसँगै अन्य प्रहरी सुरक्षार्थ खटिन डराएपछि शाहीलाई जिम्मेवारी दिइएको स्रोत बताउँछ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट पनि गएराति चार जना थुनुवा फरार भएका छन् । उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?