+

च्याम्पियन युभेन्ट्सको विजयी सुरुवात

२०७७ असोज  ५ गते ७:३१ २०७७ असोज ५ गते ७:३१
च्याम्पियन युभेन्ट्सको विजयी सुरुवात

५ असोज, काठमाडौं । इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-० ले पराजित गर्दै शानदार सुरुवात गरेको हो ।

घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको खेलमा युभेन्ट्सका लागि डेजान कुलुसेभ्स्की लियोनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल गर्यो ।

खेलको १३औं मिनेटमा डेजानले गोल गर्दै टुरिन क्लबलाई अग्रता दिलाएका थिए । डेजानले युभेन्ट्सका लागि डेब्यु खेलमै पहिलो गोल गरेका हुन् ।

७८औं मिनेटमा बोनुचीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

त्यसको दश मिनेटपछि अर्थात खेल सकिन दुई मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गरेपछि युभेन्ट्सले ३-० को जित हात पारेको हो ।

आन्द्रे पिर्लोले पनि सिरी ए को प्रशिक्षण डेब्युमा सुखद सुरुवात गरेका छन् ।

इटालियन सिरी ए युभेन्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय