+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

महाराष्ट्रमा भवन भत्किँदा १० जनाको मृत्यु, १९ को उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते १५:१९

५ असोज, काठमाडौं । भारतको महाराष्ट्रमा एक भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रका भिवाण्डीमा रहेको तीनतले आवासीय भवनबाट थप १९ जनाको उद्धार गरिएको छ ।

भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)ले अझै पनि उद्धाकार्य जारी रहेको बताएको छ । यो घटनामा घाइते भएका मानिसहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो घटनामा दुःख व्यक्त गर्दै पीडितलाई आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन् ।

भवन सोमबार बिहान पौने चार बजेतिर भत्किन गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यो भवनमा १५० जना मानिसहरु बस्दै आएका थिए ।

स्रोत : हिन्दूस्तान टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?