+
+
Shares

कांग्रेस केन्द्रीय समिति बैठक असोज १९ गतेका लागि आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते १८:४४

५ असोज, काठमाडौं । नेपाली कांग्रेसले असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा असोज १९ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

बैठकमा आगामी १४औं महाधिवेशनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा सहभागी हुनु अगाडि पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले पीसीआर परीक्षण अनिवार्य गरिएको पार्टी मुख्य सचिव पौडेलले बताए ।

मुख्य सचिव पौडेलका अनुसार असोज १५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई अनिवार्य पीसीआर परीक्षण गराउन सबैलाई अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?