Comments Add Comment

घतलाग्दो कुरा : सहयोग भिडले गर्छ कि एक्लो व्यक्तिले ?

हामीलाई लाग्छ कि मैले किन गर्नु प¥यो र अर्काेको घरमा पनि बत्ती गएको छँदैछ । अर्काेले पक्कै फोन गरिहाल्छ भनेर कुरेर बस्छौं, यसरी नै सबैले कुरेर बस्ने हो भने कहिले बन्छ बत्ती ?

एउटा सत्य के हो भने कुनै मान्छे समस्यामा परेको छ, उसको वरिपरि धेरै मान्छेहरू छन् भने त्यो भिडले भन्दा पहिले एक्लै भएको मान्छेले छिटो सेवा दिने गर्छ । तर त्यही सत्यलाई मनोवैज्ञानिकहरूले अध्ययनद्वारा पुष्टि समेत गरेका छन् । कुनै समस्या टरेपछि हामीले भगवान्ले गरेको सहयोग पनि सम्झिने गर्छाैं । विभिन्न अध्ययन अनुसार समस्यामा परेको मान्छेको उद्धारको लागि भिडबाट निस्कने ‘भगवान्’ भन्दा एक्लै भएको व्यक्तिमा छिटो सहयोगी भावना आउने गर्छ ।

मान्छे सामाजिक प्राणी हो । उसलाई जुन सुकै समस्याबाट पनि मुक्त हुनको लागि समाजको अर्काे सदस्यको साथ र सहयोग अनिवार्य हुने गर्छ । त्यसैले त सामाजिक उत्तरदायित्वको लागि पनि कोही समस्यामा प¥यो भने उसलाई सहायता दिन मान्छे तत्कालै उत्प्रेरित हुने गरेको छ । तर यो उत्प्रेरणा भिडमा भन्दा एक्लै हुँदा बढी हुने गरेको पाइन्छ ।

एकातर्फ तपाईं कुनै समस्यामा पर्नुभयो र तपाईंको वरपर धेरैको भिड छ, अर्काेतर्फ तपाईं समस्यामा पर्नुभयो र तपाईंको साथमा अपरिचित व्यक्तिहरू छ भने तपाईंले अवश्य पनि भिडमा हुँदा छिटो सहयोग पाइन्छ भन्ने सोच्नु भएको हुन सक्छ । किनकि त्यहाँ विभिन्न सोच भएका व्यक्ति हुन्छन् एउटाले नसोचे पनि अरू कोही सहयोगी मन भएका व्यक्ति हुन सक्छन् ।

तर न्युयोर्कका दुई मनोवैज्ञानिकहरूले गरेको अध्ययनले भने यो तथ्यलाई पूर्ण सत्य मानेको छैन । जोन डार्ले र बिन लाटानले गरेको सो अध्ययनले मान्छेको आधारभूत स्वाभावको बारेमा उल्लेख गरेको छ ।

न्युयोर्कका यी दुई प्रख्यात मनोवैज्ञानिकहरूले गरेको अध्ययनले समस्यामा परेको व्यक्तिलाई भिडमा हुँदाभन्दा एक्लै हुँदा मान्छेले सहयोगी भाव देखाउने गरेको निष्कर्ष निकाल्यो ।

तर किन ? यो प्रश्न आउन सक्छ कि धेरै मान्छे हुँदा त उद्धार पनि छिटो र सजिलो हुनुपर्ने हो । कसरी यस्तो हुन्छ ? उनीहरूको अध्ययनको निष्कर्ष छ कि त्यो भिडमा भएको व्यक्तिहरूले उद्धारको लागि अर्काे व्यक्ति जान्छ होला भन्ने सोचाइले पनि लामो समयसम्म अघि बढ्ने गर्दैनन् ।

अन्त्यमा अरू कोही नजाने सम्भावना देखेपछि वा अरूको सामथ्र्यले भेट्दैन कि भन्ने सोचाइ आएपछि मात्रै मान्छे त्यसतर्फ अघि बढ्ने गर्छ । तर एक्लै भएको मान्छेले अरूको सम्भावना नदेख्ने हुँदा तत्कालै उद्धारको लागि जाने गर्छ ।

अध्ययनको क्रममा ती दुई मनोविज्ञले एक्लो विद्यार्थीलाई एउटा कोठामा छाडेर चिच्याउन आग्रह गरे । कुनै कारण देखाएर चिच्याएका उनको नजिकको कोठामा एकमात्र व्यक्ति थिए । छिमेकी कोठामा बसेका उनले जब त्यो चिच्याहट सुने, तत्कालै उद्धारको लागि अर्काे कोठामा पुगे । पछि सोही व्यक्तिलाई समस्या सुनाएर फ्ल्याटमा चारवटा कोठा भएको ठाउँमा चिच्याउन लगाइयो । त्यो बेलामा सँगै सुनेकामध्ये पनि एउटा कोठाको मान्छे आउन एक्लै भएको मान्छेभन्दा धेरै समय लगाएको पाइएको छ । अध्ययनकर्ताले यस्तो प्रयोग घरबाट धुवाँ निकाल्ने लगायत विभिन्न प्रयोगमा गरेका थिए ।

के आयो त निष्कर्ष ?

यी दुई मनोविज्ञहरूको अध्ययनले एक जना भएको ठाउँमा उसले झट्ट आफ्नो जिम्मेवारी महसुस गरेर छिटै सहयोगको लागि जाने गर्छ भने भिडमा हुँदा एकले अर्काको मुख ताक्ने गर्छन् भन्ने निष्कर्ष अन्तिममा निकालेको छ । यसले पनि तुलनात्मक रूपमा ढिला सहयोग प्राप्त हुन्छ भन्ने निष्कर्ष सो अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment