Comments Add Comment

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ हजार नाघ्यो

९ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या ९२ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाको कारण ९२ हजार २९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १४१ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या पनि ५८ लाख १८ हजार ५७१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ८६ हजार ५२ नयाँ संक्रमित थपिएका हुन् । कोरोना संक्रमितको आधारमा भारत दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । पहिलो स्थानमा रहेको अमेरिकामा अहिलेसम्म ६९ लाख ७७ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको अमेरिकामा दुई लाख दुई हजारभन्दा धेरैको कोरोनाको कारण मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ३९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

अहिलेसमम भारतमा कोरोनाका ४७ लाख ५६ हजार १६५ संक्रमित निको भइसकेका छन् । त्यस्तै नौ लाख ७० हजार ११६ संक्रमित निको हुन बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment