+
+
Shares

आगामी बजेट तथा कार्यक्रमको लागत अनुमान बोलपत्र तयारी असारभित्रै सक्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमको लागत अनुमान र बोलपत्र तयारीको काम असार मसान्तभित्रै सक्ने लक्ष्य राखेको छ।
  • मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै मन्त्रालयलाई संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।
  • भदौको प्रदर्शनमा क्षति भएका सरकारी सामग्रीको लिलामी र लेखापरीक्षण हुन नसकेका निकायको लेखापरीक्षण प्रक्रिया कानुन बमोजिम तत्काल अघि बढाउने निर्णय भएको छ।

१५ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमको लागत अनुमान तथा बोलपत्र तयारीको काम असार मसान्तभित्रै सक्ने लक्ष्य राखेको छ ।

२ असारमा बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको बैठकले बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि यस्तो निर्णय गरेको हो ।

बैठकले सबै मन्त्रालयबाट आफ्नो मातहतका निकायसहितको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम तोकिएको समयावधिभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

सचिव बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आगजनीमा परेका वा क्षति भएका सवारी साधन, फर्निचर तथा यन्त्र उपकरणलाई प्रचलित कानुन बमोजिम मिनाहा वा लिलामी सम्पन्न गर्न बाँकी निकायले असार १५ भित्र सम्पन्न गरी त्यस्ता सामग्री कार्यालय परिसरबाट हटाउने व्यवस्था गराउने निर्णय गरेको छ ।

सबै मन्त्रालय, विभाग र निकायले महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदनमा उल्लेखित बेरुजुको फस्र्यौट कामलाई उच्च प्राथमिकता दिँदै साप्ताहिक प्रगति विवरण अनिवार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र बेरुजु फस्र्यौट समितिमा पठाउने निर्णय समेत गरिएको छ ।

२३ र २४ भदौको प्रदर्शनका क्रममा आगजनीमा परी स्रेस्ता जलेर लेखापरीक्षण हुन नसकेको तथा लेखापरीक्षण गराउन समस्या भएका निकायले कानुन बमोजिम लेखापरीक्षक कार्यालयसँगको समन्वयमा लेखापरीक्षण गराउने निर्णय समेत सो बैठकले गरेको छ । सरकारको शासकीय सुधारका १ सय कार्यसूचीमा उल्लिखित कानुन तर्जुमा र संशोधन विधेयक अविलम्ब संघीय संसदमा दर्ता गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?