+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

टाटा मोटर्सको कमर्सिअल सवारी किन्न सानिमा बैंकको सहुलियतपूर्ण कर्जा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते २०:२२

१२ असोज, काठमाडौं । टाटाका कमर्सिअल गाडीहरु खरिद गर्न इच्छुक हुने उद्यमी र संस्थाहरुलाई सानिमा बैंकले सहज रुपमा कर्जा प्रदान गर्ने भएको छ ।

टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि र सानिमा बैंकबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार अब टाटा मोटर्सको कमर्सिअल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सानिमा बैंकको जुनसुकै शाखा मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यबिधि, २०७५ को अधिनमा रही बैंकको नीति अनुसार ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराईने जनाइएको छ ।

तोकिएको सहुलियतपूर्ण कर्जाभित्र व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?