
१५ असोज, धनकुटा । राप्रपा र राप्रपा संयुक्तको एकतापछि धनकुटामा दुई पार्टीको जिल्ला समिति समायोजन भएको छ ।
समायोजनपछि गठित जिल्ला समितिको अध्यक्षमा कुमारबहादुर थापा सर्वसम्मत रुपमा चयन भएका छन् । उनी राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका भतिजा हुन् ।
जिल्ला समितिको उपाध्यक्षमा लाक्पा टासी शेर्पा, टीका प्रसाद घिमिरे र खेमराज काफ्ले, सचिवमा दुर्गा पुरी, कोषाध्यक्ष सुवास राई र सह-सचिवमा चन्द्र मादेन र रमेश चापागाईं चयन भएका छन् ।
त्यसैगरी धनकुटाको प्रदेश निर्वाचन क्षेत्र (क) मा धर्मध्वज राई र प्रदेश निर्वाचन क्षेत्र (ख) मा श्याम गुरुङ अध्यक्ष चयन भएका छन् । धनकुटा नगर कार्य समितिको अध्यक्षमा पृथ सिंह तामाङ गोम्देन रहेका छन् ।
समायोजनअघि अध्यक्ष रहेका मुमाराम राई प्रमुख सल्लाहकारमा चयन भएका छन् भने नेताहरू घामलाल राई र मदनबहादुर भट्टराई सल्लाहकार चुनिएका छन् । पार्टी एकता हुनुअघिका दुवै तर्फका जिल्ला कार्य समितिका सदस्यहरु समायोजनपछि पनि सदस्य रहेका छन् ।
राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था सचिवालयको निर्णय बमोजिम पार्टीको जिल्ला तह र भातृ संगठन समायोजनको प्रक्रिया शुरु भएको राप्रपा नेता मोहन श्रेष्ठले बताए ।
असोज २१ गतेभित्र सहमतिका आधारमा समायोजन हुन नसकेको जिल्लाको हकमा सचिवालय कार्यव्यवस्थाको अर्को बैठकबाट केन्द्रीय प्रतिनिधि खटाइ समायोजनको नयाँ व्यवस्था गरिने उनले जानकारी दिए ।
प्रतिक्रिया 4