Comments Add Comment

अक्टुबर १५ बाट महाराष्ट्रमा हल नखुल्ने, सर्यो अक्षयको ‘सूर्यवंशी’

भारतको केन्द्रिय सरकारले अक्टुबर १५ तारिखबाट ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने अनुमति दियो । सरकारको यो अनुमतिले हल संचालकहरु खुशी देखिएका थिए ।

तर, केन्द्रिय सरकारले हल खोल्ने अनुमति दिएपनि महाराष्ट्र सरकारले भने अक्टुबर १५ बाट हल खोल्ने अनुमति दिएको छैन । भारतका अन्य राज्यमा अक्टुबर १५ बाट चलचित्रहरु रिलिज भएपनि बलिउडको सबैभन्दा ठूलो बजार मानिने महाराष्ट्रमा भने हल खुल्ने छैनन् ।

यसैले, ठूलो बजेटका बलिउड चलचित्र रिलिज हुने संभावना पनि टरेको छ । भारतीय मिडियाका अनुसार, नायक अक्षय कुमार र नायिका कट्रिना कैफ अभिनित चलचित्र ‘सूर्यवंशी’लाई तिहारमा रिलिज गर्ने योजना गरिएको थियो ।

रोहित सेट्टी निर्देशित यो चलचित्रले हलमा दर्शक तान्ने अपेक्षा गरिएको थियो । तर, महाराष्ट्र सरकारले अनलक–५ मा पनि हल खोल्ने अनुमति नदिएपछि यो चलचित्रको तिहारमा तोकिएको प्रदर्शन मिति पछि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment