Comments Add Comment

पेनकिलरको लत, स्वास्थ्यमा घात

कतिपयको बानी हुन्छ, सानोतिनो समस्यामा पनि औषधि चपाइहाल्ने । रुघा लागेको बखत होस् वा पखला लागेको बखत, औषधि चाहिन्छ । त्यसैगरी कतिपय सामान्य दुखाई सहन सक्दैनन्, पेनकिलर खाइदिन्छन् ।

पेनकिलरले दुखाई ठीक गर्छ । चाहे टाउको दुखेको होस् वा पेट, हाडजोर्नी दुखेको होस् वा घाउ । सहज विकल्प हो, पेनकिलर । पेनकिलरले प्रभावकारी ढंगले दुखाई कम गर्ने भएकाले यसको प्रयोग पनि बढी नै गरेको पाइन्छ । लामो समय दुखाई सहनुभन्दा छिटोछरितो रुपमा त्यसको उपचार खोज्नेहरु पनि यही विकल्प अपनाउँछन् ।

यसरी सामान्य दुखाईमा पनि पेनकिलर खाने बानी पछि लतको रुपमा विकास हुन्छ । जबकी यसले क्षणिक दुखाई ठीक गरेपनि स्वास्थ्यमा दीर्घकालिन असर गर्छ । कसैलाई मधुमेह, उच्च रक्तचाप, हाइ कोलेस्टोर वा मिर्गौंलाको समस्या छ भने त्यस्तो अवस्थामा पेनकिलर थप हानिकारक हुनसक्छ ।

पेनकिलर खाइरहने बानी भएमा सधै निद्रा लागेको झै महसुष हुन्छ । साथसाथै उनीहरुमा कब्जियतको समस्या पनि देखिन्छ । यस्तै पेटमा दुखाई, चक्कर आउने, डायरिया र वान्ता पेनकिलर लिने मानिसहरुमा धेरै देखिने समस्या हो । यसको अतिरिक्त जीउ भारी महसुस हुने, टाउको दुख्ने र पेटमा दुख्ने समस्या नि देखिन सक्छ । थकान पनि यसको नियमित प्रयोगकर्तामा देखिने अर्को समस्या हो ।

यसको नियमित प्रयोगले कार्डियोभास्कुलर र रेस्पिरेटरी गतिविधिहरुमा पनि असर गर्छ । यस्ता मानिसहरुमा मुटुको धड्कन र व्लडप्रेसरमा तिव्र उतारचढाव पनि देखिन्छ । पेनकिलर एडिक्सनले कलेजोमा पनि असर गर्छ र यसको अधिक मात्रामा सेवन गर्नाले जोखिम अझै बढ्छ ।

त्यस्तै मुख सुक्ने, आँखाको नानी खुम्चिने, व्लडप्रेसर अचानक कम हुने पनि यसका साइडइफेक्ट हुन् । यस बाहेक पेनकिलरको लतले हाइपोथर्मिया, जीउ चिलाउने, मांसपेसीमा तनाव जस्ता साइड इफेक्ट पनि निम्त्याउँछ ।

कतिपय महिलाले महिनावारीको समयमा पनि दुखाईबाट बच्नको लागि पेनकिलर लिने गर्छन् । यसले तत्कालको लागि राहत महसुस त हुन्छ तर यसको अधिक मात्रामा सेवन गर्नाले एसिडिटि, ग्यास्ट्राइटिस, पेटमा अल्सर आदीको समस्या हुन्छ ।

पेनकिलरले क्षणिक समाधान हो तर यसले दीर्घकालिन रुपमा हामीलाई रोगमुक्त राख्दैन । बरु अरु समस्याहरु थपिदिन सक्छ । त्यसैले जथाभावी पेनकिलर प्रयोग नगरौं । गर्नैपर्ने स्थितिमा चिकित्सकको परामर्श जरुरी हुन्छ ।

खासगरी माइग्रेन, आर्थाइटिस, ढाँड वा कम्मर दुख्ने, काँध दुख्ने, पेट दुख्ने, हाडजोर्नी दुख्ने जस्ता विभिन्न दुखाईबाट अस्थायीरुपमा छुटकारा पाउनको लागि पेनकिलर प्रयोग गरिन्छ । पेनकिलर बनाउन मर्फिन जस्ता नार्कोटिक्स र ननस्टेसाइडल एन्टी एन्फ्लेमेटरी ड्रग्स, एसेटेमिनोफेन जस्ता नन–नार्कोटिक्स केमिकलहरुको प्रयोग हुन्छ ।

दममा

केही पेनकिलर यस्ता हुन्छन्, जसले स्वासप्रश्वास सम्बन्धी समस्या ल्याउन सक्छ । यसको अधिक प्रयोगले दमको शिकार हुने खतरा रहन्छ । नियमित मात्रामा पेन किलर सेवन गर्दा त्यसले फोक्सोको समस्या निम्त्याउँछ ।

पेटमा घाउ हुनसक्छ

पेन किलर धेरै मात्रामा सेवन गर्दा त्यसले पेटमा ग्यासको समस्या ल्याउने संभावना हुन्छ । छातीमा जलन, पेट दुखाई, नमिठो डकार, वान्ता हुनसक्छ । यसले क्रमस पेट सुन्निने समस्या ल्याउँछ । यो क्रम जारी रहेमा पेटमा घाउ आउन सक्छ ।

मुटुको रोग

लामो समयसम्म कुनैपनि पेनकिलर सेवन गर्दा त्यसले मृगौलाको रोग निम्त्याउँछ । कलेजोलाई हानी गर्छ । मानसिक रोगी बनाउँछ । किनभने पेन किलरले रगतलाई दुषित बनाउँछ । यसले हृदयघातको समस्या पनि ल्याउन सक्छ ।

कलेजो सुन्निने

पेन किलरको असर कलेजोमा पर्छ । पेन किलर धेरै मात्रामा सेवन गरेपछि कलेजाको सेल्स मर्न थाल्छ । यसको ठूलो लक्षण हो, भोक कम लाग्नु ।

रक्तश्राव हुनसक्छ

एक अध्ययन अनुसार अधिक मात्रामा पेन किलर सेवन गर्नु निकै खतरानक छ । कुनैपनि पेनकिलर औषधीको प्रभाव हुनका लागि कम्तीमा तीस मिनेट लाग्छ । यस्तो अवस्थामा पेनकिलरको ओभरडोज लिँदा रक्तश्राव, मिर्गौंलालाई हानी हुने खतरा रहन्छ ।

गर्भपात

गर्भवती महिलाले पेनकिलर सेवन गर्नु निकै जोखिमपूर्ण हुनसक्छ । पेनकिलरको सेवनले गर्भपानत हुने खतरा रहन्छ ।

रक्तचाप बढ्छ

पटक पटक पेनकिलर सेवन गर्दा त्यसको लत लाग्छ । यस औषधीले लगातार सेवनले उच्च रक्तचाप बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment