+
+

म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बिक्री गर्ने ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते १५:११

१८ साउन, काठमाडौं । म्याद गुज्रिएका सामान बिक्री गरेको भन्दै प्रहरीले कलंकीको एयसटी प्रालिको गोदाममा छापा हानेको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले म्याद नाघेको सामग्रीमा नयाँ लेबलिङ गरेर सामान बिक्री गरेको पाइएपछि गोदाममा छापा हानेको हो ।

कलंकीको एक घरमा राखिएको गोदाममा चकलेट र बेकरी सामानमा नयाँ लेबलिङ गर्दैै गरिएको अवस्थामा छापा हानिएको कालिमाटीका डीएसपी अपिलराज बोहोराले बताए ।

उनका अनुसार केकमा प्रयोग गरिने चेरी, पिठो, तेल लगायतमा पनि म्याद गुज्रिएको पाइएको छ ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत समस्तीपुर, विहारका ५२ वर्षीय अनिलकुमार बंका, आनन्दकुमार अवस्थी, रस्मिता श्रेष्ठ र विनोद ओझा छन् । अवस्थी लेखापाल, श्रेष्ठ क्वालिटी म्यानेजर र ओझा स्टोर किपर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बंकासहित हाल फरार प्रविन बंका र किरणदेवी अग्रवाल गरी तीन जनाको नाममा गोदाम छ । फरारको अन्य सञ्चालकहरूको खोजी भइरहेको डीएसपी बोहोराले बताए ।

पक्राउ परेकाहरूमाथि कालोबजारी सम्बन्धी कसूरमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठले बताए ।

बिहीबार पनि प्रहरीले म्याद गुज्रिएका सामानमा नयाँ लेबलिङ गर्दै गरिएको कलंकीस्थित एक गोदाममा छापा हानेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?