Comments Add Comment

उच्च कोलेस्ट्रोलको जोखिम

हिजोआज कोलेस्ट्रोलको जोखिम यस्तो समस्या भएको छ कि युवा व्यक्तिहरू, मध्यम आयु वर्गका व्यक्ति र बुढाबुढीहरू समेत यसबाट सचेत हुनु पर्ने आवश्यकता छ । यो यस्तो खतरनाक रोग हो जसको पूर्व संकेत पनि केही मिल्दैन र अचानक ठूलै समस्या पनि निम्त्याइदिन सक्छ । जब समस्या यति ठूलो बन्छ त्यसपछि त्यसलाई सम्हाल्न गाह्रो हुन सक्छ । त्यसैले यस्तो समस्या निम्तिनुभन्दा पहिले नै यसको रोकथामको उपाय खोज्न सकिन्छ ।

कोलेस्ट्रोलबाट बच्न, तपाईंले चरणबद्ध रूपमा योजना बनाउन सक्नुहुन्छ । केही सानातिना प्रयासमा जुट्नुभयो भने तपाईंले यो खतरनाक समस्याबाट समाधान भेट्न सक्नुहुन्छ ।

शरीरको लागि आवश्यक छ कोलेस्ट्रोल

महत्वपूर्ण कुरा त के छ भने कोलेस्ट्रोल शरीरको लागि आवश्यक कुरा हो । कोलेस्ट्रोल एक रासायनिक यौगिक हो जुन सेल गठन र हर्मोनहरूको लागि आवश्यक हुन्छ । जब यो कोलेस्ट्रोल बढ्न जाँछ त्यसपछि शरीरमा पीडा सुरु हुन्छ । जसले हृदय रोग, हृदयघात र विभिन्न धमनीमा देखिने रोगको जोखिम बढ्न जान्छ ।

कति कोलेस्ट्रोल आवश्यक छ शरीरलाई ?

कोलेस्ट्रोल दुई प्रकारको हुन्छ । कम घनत्व भएको लाइपोप्रोटिन वा खराब कोलेस्ट्रोल (हानिकारक कोलेस्ट्रोल) धमनी (रक्त वाहिका) मा जम्मा भएर खतरनाक रोगहरू निम्त्याउने कोलिस्ट्रोल ।

हाइ डेन्सिटी लाइपोप्रोटिन (एचडीएल)लाई राम्रो कोलेस्ट्रोल पनि भनेर चिनिन्छ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई कलेजोसम्म लैजाने काम गर्छ । ताकि यस्तो कोलेस्ट्रोल शरीरबाट बाहिर जाओस् ।

कलेजोले बनाउँछ कोलेस्ट्रोल

हाम्रो कलेजोले शरीरलाई चाहिने कोलेस्ट्रोलको ८० प्रतिशत हिस्सा उत्पादन गर्छ । बाँकी २० प्रतिशतका लागि हामीले दैनिक खाने आहारमा भर पर्छ । मासु, अण्डा, माछा, कुखुरा र दुग्ध पदार्थ (दूध, दही, घिउ) कोलेस्ट्रोल प्राप्त हुने स्रोतहरू हुन् । रूखको बोटहरूबाट लिइएको खानामा कुनै प्रकारको कोलेस्ट्रोल हुँदैन ।

कलेजोले रगतमा रहेको कोलेस्ट्रोललाई नियन्त्रण गर्ने काम गर्छ । प्रत्येक पटक खाना खाएपछि कोलेस्ट्रोललाई सानो आँतले ग्रहण गर्ने गर्छ । जसलाई कलेजोले भण्डार गरेर राख्छ । जब शरीरलाई कोलेस्ट्रोल चाहिन्छ त्यो कलेजोले नै पठाउँछ र नचाहिने कोलेस्टेललाई शरीरबाट हटाउँछ । जब शरीरमा अत्यधिक कोलेस्ट्रोल भण्डार हुन्छ ।

शरीरको लागि कतिबेला यो खतरनाक बन्छ ?

कोलेस्ट्रोल बढाउने खानेकुराको उच्च प्रयोगले शरीरमा एलडीएल (खराब कोलेस्ट्रोल)को मात्रा बढ्दै जान्छ । यसलाई हाइ कोलेस्ट्रोल भन्ने गरिन्छ । यदि शरीरमा एलडीएल एकदम उच्च छ र एचडीएल एकदम कम छ भने रक्त कोषहरूमा कोलेस्ट्रोल जम्मा हुन थाल्छ । कोलेस्ट्रोलले शरीरमा रगत ठीकसँग बग्दैन । यसले मुटु र दिमागमा समस्या निम्त्याउँछ ।  यो घातक पनि हुन सक्छ ।

कोलेस्ट्रोल वृद्धिको संकेत कसरी पत्ता लगाउने ?

उच्च कोलेस्ट्रोलको आफैंमा कुनै लक्षण छैन । धेरै जसो अवस्थामा यो अचानक देखा पर्न सक्छ । कतिपय समयमा यो हृदयाघातको रुपमा पनि देखिन सक्छ । तपाईंको शरीरमा कोलेस्ट्रोल बढ्दै गयो भने रक्तनलीहरू साना हुँदै जान्छन् र रगत ठीकसँग बग्दैन।

कसरी सतर्क रहने ?

रक्त परीक्षणद्वारा कोलेस्ट्रोल पत्ता लगाउन सकिन्छ । २० वर्ष उमेरपछि हरेक ४देखि ६ वर्षसम्म आफ्नो रगतको परीक्षण गराइराख्नु पर्छ भन्ने मान्यता राखिन्छ । यदि तपाईको परिवारमा पहिले कसैलाई उच्च कोलेस्ट्रोलको समस्या छ भने तपाईंले आफ्नो कोलेस्ट्रोल छिटोछिटो जाँच गर्नुपर्छ । उच्च रक्तचाप, बढेको तौल र धुम्रपान धेरै प्रयोग गर्ने व्यक्तिले पनि छिटोछिटो कोलेस्ट्रोलको जाँच गर्नु राम्रो हुन्छ ।

उच्च कोलेस्ट्रोलका कारणहरु

आहार : धेरै चिल्लो र दुग्ध पदार्थ खानुले कोलेस्ट्रोल बड्न सक्छ । अण्डा एवं मासुजन्य खानेकुरा पनि कोलेस्ट्रोलको कारक हो ।

वजन : अधिक वजन पनि कोलेस्ट्रोलको कारण बन्ने गर्छ । धेरै वजन हुँदा खराब कोलेस्ट्रोल पनि बढ्ने सम्भावना हुन्छ ।

शरीरिक गतिविधिको अभाव : शारीरिक गतिविधिको अभावले पनि एलडीएल अर्थात् खराब कोलेस्ट्रोल बढाउन सक्छ ।

उमेर र लिंग :  उमेर र लिंगे पनि यसलाई असर गर्छ । २० वर्षको उमेरपछि मान्छेको शरीरमा स्वाभाविक रुपमा कोलेस्ट्रोल बढ्न थाल्छ । पुरुष्षमा कोलेस्ट्रोलको स्तर ५० वर्षको उमेरपछि बिस्तारै कम हुँदै जान्छ । जबकी महिलाको रजोनिवृत्तिसम्म यो धेरै कम हुने गर्छ ।

यसबाहेक केही दीर्घ रोग, पहिले कोलेस्ट्रोल भएका व्यक्ति परिवारमा भएमा त्यसको वंशाणुगत गुण सर्ने, केही प्रकारको औषधिको असर हुने वा धुम्रपानको कारणले समेत कोलेस्ट्रोलको समस्या निम्तिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment