+
+
Shares

ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते १२:११

२१ असोज, काठमाडौं । ललितपुरमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् ।

अस्पतालको चिफ अपरेटिङ अफिसर अमिष पाठकका अनुसार संक्रमित महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?