+
+
Shares

माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते १७:३२

२१ असोज, काठमाडौं । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राई रहेका छन् ।

राईले माल्टा पठाइदिने प्रलोभनमा पारी ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेर फरार भएको उजुरी परेपछि उनलाई सुनसरीबाट मंगलबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सुनसरी प्रहरीको समन्वयमा नियन्त्रणमा लिइएका राईलाई बुधबार महाशाखामा उपस्थित गराई आवश्यक अनुसन्धान थालिएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?