Comments Add Comment

महोत्तरीको हलखोरीमा सशस्त्रको बीओपी स्थापना

२५ असोज, काठमाडौं । सीमा नाकाको सुरक्षाका लागि महोत्तरीको एकडाडा गाउँपालिका-४ स्थित हलखोरी मरुवाहीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोतरी को मातहतमा रहने गरी बीओपी स्थापना गरिएको हो ।

प्रेदश २ का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्माचार्यले आइतबार बीओपीको उद्घाटन गरेका छन् । महानिरीक्षक ब्रह्माचार्यले सीमा नाकामा हुने अवैध चोरीपैठारी, सीमा अतिक्रमण जस्ता संवेदनशील विषयमा राज्यले दिएको जिम्मेवारीलाई सशस्त्र प्रहरीले अक्षरश पालन गर्दै त्यसता विषयमा नियन्त्रण र निगरानी गरिरहेको बताए । कोभिड १९ को महामारी नियन्त्रण तथा रोकथामका लागि पनि सशस्त्र प्रहरी अझ बढी जिम्मेवार हुनु पर्ने कुरामा उनले जोड दिएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेस सापकोटाले बीओपी स्थापन गर्नुका कारण र औचित्यमाथि स्पष्ट पारेका थिए ।

घर भाडामा लिएर अस्थाई रुपमा बीओपी सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बीओपी उद्घाटन कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकार कृष्णबहादुर कटुवाल, गाउँपालिकाका अध्यक्ष रामछविला साह लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment