Comments Add Comment

विराटनगरमा हजार शैय्याको कोरोना अस्पताल बनाउन कांग्रेसको माग

२७ असोज, विराटनगर । विराटनगरमा १५ दिनभित्र एक हजार शैय्याको कोभिड अस्पताल निर्माण गर्न प्रदेश १ को प्रतिपक्षदल नेपाली काग्रेसले माग गरेको छ ।

एक महिनाअघि मुख्यमन्त्री शेरधन राईले विराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने घोषणा गरेका थिए । तर प्रदेश सरकार आइसोलेसन बनाउने निर्णयबाट पछि हटेपछि नेपाली कांग्रेसले तत्काल एक हजार शैय्याको कोभिड अस्पताल निर्माण गर्न माग गरेको हो ।

स्थानीय तह आफैंले आइसोलेन निर्माण गरिरहेकाले विराटनगरमा एकहजार शैय्याको आइसोलेसन आवश्यक नरहेकेा प्रदेश सरकारले बताउँदै आएको छ ।

नेपाली कांग्रेस संसदीय दलले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै एक महिना अघिको निर्णय कार्यान्यन गर्न माग गरेको हो ।

अस्पतालमा भएका आइसोलेसनले धान्न नसक्ने अवस्था आएपछि तत्काल अस्पताल निर्माण गर्नु पर्ने नेपाल काग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए ।

सरकारी कार्यक्रम,समारोह, हाटबजार, गुद्री र सहरमा कतै पनि स्वास्थ्य प्रोटोकलको पालना नभएको उनले बताए ।

कोरोना संक्रमण तीव्र गतिले फैलिरहेको र नागरिकहरुले न्यूनतम उपचार सेवासमेत नपाएको बताउदै कार्कीले तत्काल अस्पताल बनाउन आग्रह गरे ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कोरोना महामारीका बेला सरकार र राज्यका निकायहरु निरीह बनिरहँदा सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेको बताए ।

संकटको समयमा जनसरोकारको बिषयमा छलफल गर्न नपाएको भन्दै नेता कोइरालाले संसदको विशेष अधिवेशन बोलाउन आग्रह गरे ।

नेपाली काग्रेसका सचेतक सुयर्माराज राईले प्रदेश सभाको विषेश अधिवेशन डाक्न सरकार सँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment