+
+

जयमंगलको हत्या गरी फरार भएका श्यामकिशोर ३३ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २८ गते १७:१९

२८ असोज, जनकपुरधाम । बाराको सिम्रौनगढका जयमं‌गल प्रसादको हत्या गरी फरार भएका श्यामकिशोर प्रसाद कुशवाहा ३३ वर्षपछि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सिम्रौनगढ नगरपालिका-७ बस्ने कुशवाहाले २०४४ साल भदौ ५ गते तत्कालिन कोहलपुर (हाल सिम्रौनगढ नगरपालिका-६) बस्ने जयमंगल प्रसादको हत्या गरी फरार भएका थिए । उक्त हत्या घट्नामा बारा जिल्ला अदालतले २०४७ साल असोज २८ गते कुशवाहाविरुद्व १० वर्ष कैद सजाय सुनाएको थियो ।

कैद सजाय पाएपनि फरार रहेका उनलाई प्रदेश प्रहरी जनकपुरधाम र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराको संयुक्त टोलीले नेपाल भारत सीमा क्षेत्र सिम्रौनगढ नगरपालिका-२ बाट बुधबार बिहान नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयल, जनकपुरधामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?