Comments Add Comment

अर्थमन्त्रीको पदवहालीमा पत्रकारलाई निषेध

२९ असोज, काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलको पदभार ग्रहण कार्यक्रममा सञ्चारकर्मी प्रवेशमा रोक लगाइएको छ । मध्यान्ह १२ बजे मन्त्री पौडेलले मन्त्रालयमा पदभार ग्रहण गर्ने जानकारी पाएपछि सञ्चारकर्मीहरु पौने १२ बजेदेखि नै मन्त्रालय हाता पुगेका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहणपछि शहीदलाई माल्यर्पण गर्न कीर्तिपुर पुगेका मन्त्री पौडेल एक बजेर २४ मिनेट जाँदा मन्त्रालय आइपुगेका थिए ।

मन्त्रालय प्राङ्गणमा कर्मचारीले स्वागत गरेर मन्त्री पौडेलललाई कार्यकक्षतर्फ लगेका थिए । नवनियुक्त अर्थमन्त्रीको पदभार ग्रहण र कर्मचारीलाई पहिलो ब्रिफ्रिङको समाचार बनाउन झण्डै दुई घण्टा लामो प्रतीक्षामा बसेका सञ्चारकर्मीहरुलाई भने सुरक्षाकर्मीले मूलढोकामै रोकेका थिए ।

सञ्चारकर्मीलाई भित्र प्रवेश नदिन माथिबाट आदेश भएको सुरक्षाकर्मीको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment