+
+

४ लाख घुस लिएको आरोपमा प्रहरी हवल्दार दम्पती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १६:५०

३० असोज,बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती चार लाख घुस लिएको आरोपमा अख्तियारको टोलीबाट पक्राउ परेका छन् ।

प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार शिवचन्ऽ सहानी र उनकी श्रीमती निर्मला केवट शुक्रबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा गरेको स्टिङ अपेरेसन गरेको थियो ।

सोही क्रममा रुपन्देहीको सियारी गाउँपालिका-७ स्थित खनाल मिठाइ पसल नजिकबाट हवल्दार दम्पती रंगेहात पक्राउ परेका अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?