+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

८० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १८:१९

३० असोज, काठमाडौं । सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।

वन मुद्दा मिलाउनका लागि रेन्जरलाई घुस दिन बहाना बनाइ सेवाग्राहीसँग उक्त रकम लिइसकेको अवस्थामा रानालाई पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

कैलालीको तारानगरस्थित सवडिभिजन वन कार्यालयले ट्याक्टरमा लोड भएको काठसहित चालकलाई नियन्त्रणमा लिएको थियो । सोही घट्नासम्बन्धि मुद्दा मिलाइ दिने बाहनामा वन कार्यालयका रेन्जर राम अवतार चौधरीलाई घुस दिनका लागि बिचौलियाको भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष रानालाई धनगढी उपमहानगरपालिका–१ स्थित पार्क मोडबाट बिहीबार नियन्त्रणमा लिएको अधिकारीले बताए ।

अध्यक्ष रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?