+
+
Shares

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने अर्ब पनि पुगेन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १५:१७

३ कात्तिक, काठमाडौं । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार ओरालो नेप्से परिसूचक सोमबार भने १३ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय ७० दशमलव ३८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६२ अंकले बढेको छ । नेप्सेमा कारोबार हुने व्यापार बाहेकका सबै उपससमूहहरुमा हरियाली छाएका छनएका छन् ।

व्यापार भने झिनो अंकले ओरालो लागेर राताम्मे देखिएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने एक अर्ब रुपैयाँ पनि पुगन सकेन ।

दिनभर भएका १५ हजार ४ सय ७८ कारोबारबाट १८९ कम्पनीका ३३ लाख ५३ हजार २ सय १ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ९७ करोड ९० लाख ९४ हजार ४ सय ३ रुपैयाँमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?