+
+
Shares

गोरखाबाट काठमाडौं पठाइएको स्वाब परीक्षण नगरी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ५ गते १३:२०

५ कात्तिक, गोरखा । कोरोना भाइरस संक्रमण परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब फिर्ता भएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले स्वाव परीक्षण नगरी मंगलबार फिर्ता पठाएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहका २ सय ३४ जनाको स्वाबको नमुना संकलन गरेर परीक्षणका लागि मंगलबार काठमाडौ पठाइएको थियो । प्रयोगशालाले परीक्षण गर्न नमानेपछि फिर्ता ल्याइएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।

‘गाडीमा हालेर स्वाव पठाएका थियौ“, स्वाब परीक्षण नभएपछि त्यही गाडीमा फिर्ता ल्यायौ“,’ उनले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उक्त स्वाब सम्बन्धित प्रदेशमा परीक्षणमा पठाउन आग्रह गरेको छ । अहिले ती स्वाब परीक्षणका लागि पोखरा पठाइएको अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?