Comments Add Comment

कवि सुवासको ‘सपनाका अवयव’ सार्वजनिक

६ कात्तिक, काठमाडौं । सुवास खनालको नयाँ कविताकृति ‘सपनाका अवयव’ बुधबार सार्वजानिक भएको छ ।

सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भर्चुअल रुपमा भएको उक्त कार्यक्रममा भिडियोमार्फत खनालका बुवाआमा गोकर्ण खनाल र सुशीला खनालले संयुक्त रुपमा संग्रह सार्वजानिक गरे ।

कवि तथा रासस अध्यक्ष श्यामलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम सञ्जालका अध्यक्ष निमेष निखिलको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्यामलले खनालका कविता सामाजिक उल्टो गतिको प्रतिरोधी रहेको बताए । अर्का वक्ता उदय अधिकारीले ‘सपनाका अवयव’का कविता आधुनिक समाजको चित्रण र त्यसले सिर्जना गरेको पीडाप्रति केन्द्रित रहेको बताए ।

खनालको यसअघि २०७१ सालमा ‘विचारको उल्टो नदी’ कविताकृति प्रकाशित छ । दोस्रो संग्रह ‘सपनाका अवयव’ शाब्दिक बुक्सले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment