+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
40/2 (7.3)
Shares

केही नेता नेतृत्वको नाम बेचेर ठूलो बन्न खोजे : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १६ गते १६:२१

१६ कात्तिक, सप्तरी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पार्टीभित्रका केही नेता आफूलाई ठूलो भनिरहे पनि पार्टीको कुनै काम नगरेको बताएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष साहले पार्टीका प्रदेशका केही नेता फलानाको मान्छे भन्दै आफूलाई ठूलो देखाउन व्यस्त रहेको बताए ।

‘म प्रचण्डको मान्छे हुँ, केपी ओलीको मान्छे हुँ’ भन्दै उनीहरुले आफूलाई ठूलो देखाउन खोजिरहेका छन्’ उनले भने, ‘तर काम भने केही छैन् । यसले कार्यकर्ता पनि भ्रममा परिरहेका छन् ।’

उनले प्रदेशका ती नेताहरुलाई आफ्नो हैसियत आफैं बनाउन आग्रह पनि गरे । केन्द्रीय ठूलो नेताहरुको हैसियत सापटी नलिइ पार्टीका लागि काम गर्न उनले अनुरोध गरे ।

प्रदेश २ मा नेकपा विपक्षी र प्रशासनबाट रक्षात्मक अवस्थामा रहेको उनले बताए । प्रदेशमा बढी विपक्षीले जितेका कारण प्रहरी प्रशासनले उनीहरुकै कुरा सुनेर आफ्ना कार्यकर्तालाई फसाउने काम गरिरहेको उनको भनाइ छ ।

प्रदेशका प्रहरी प्रशासनले जनताको समस्याको वास्तविक छानबिन नगरी जघन्य अपराधलाई समेत बेवास्ता गरिरहेको उनको आरोप छ । ‘अपराध गर्नेलाई उन्मुक्ति दिने गरिएको छ भने निर्दाेषलाई फसाउने काम गरिरहेको छ,’ उनले भने ।

प्रदेशभित्रको पार्टी समस्याबारे पार्टीको संगठन विभागमा निवेदन दिइसकिएको बताउँदै उनले विवादित विषयमा छिटो निर्णय गरी सर्कुलर गर्न आग्रह गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?