+
+
Shares

पेन्सन खाता सक्रिय बनाउन मंसिर मसान्तसम्म बैंक जान नपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १७ गते १५:३२

१७ कात्तिक, काठमाडौं । सरकारी कोषबाट पेन्सन बुझ्ने सेवा निवृत्त कर्मचारीले पेन्सन खाता सक्रिय बनाउन आगामी मंसिरसम्म बैंक जानुनपर्ने भएको छ ।
निवृत्तीभरण रकम बुझिरहेका निवृत्तभरकले हरेक ६/६ महिनामा सम्बन्धित बैंकमा उपस्थित भई आफ्नो पेन्सन खाता सक्रिय बनाउनु पर्छ ।

तर, कोरोना भाइरसको महामारीका बीच बैंकमा उपस्थित हुँदा हुन सक्ने जोखिमलाई ध्यान दिँदै बैंक जान नपर्ने व्यवस्था गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अब पेन्सन बुझ्नेहरुले मंसिर मसान्तसम्म निवृत्तभरण व्यवस्थापन कार्यालयबाट पेन्सन खाता सक्रिय बनाउन सक्न भएका छन् । त्यसपछि उनीहरुको खातामा नियमित रकम भुक्तानी हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?