Comments Add Comment

अष्ट्रियाको राजधानी भियनामा ‘आतंकवादी आक्रमण’

१८ कात्तिक, काठमाडौं । अष्ट्रियाको राजधानी भियनाका ६ स्थानमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा दुई जनाको मृत्यु भएको र १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

अष्ट्रिया सरकारले यसलाई आतंकवादी आक्रमण भनेको छ । अष्ट्रियाका गृहमन्त्री कार्ल नेहमाका अनुसार प्रहरी कारबाहीमा एक जना आक्रमणकारी पनि मारिएका छन् । अन्य आक्रमणकारीको खोजी भइरहेको छ ।

भियनाको सेन्ट्रल सिनेगोग (यहुदी उपासना स्थल) नजिक आक्रमण भएको हो । यद्यपि आक्रमणकारीले यहुदी उपासना स्थललाई नै निशाना बनाएका थिए कि थिएनन् भन्ने खुलिसकेको छैन ।

भियनाका मेयरका अनुसार गोली लागेर एक जनाको घटनास्थलमै र अर्की एक महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । घाइते भएका १४ जनाको अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घाइतेमध्ये एक जना प्रहरी पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

आमा बनिन् अमृता राव

Advertisment