+
+
Shares

फ्लिपकार्टको पूर्व उपाध्यक्ष सौरभ चन्द्र सस्तोडिलको सञ्चालक समितिमा  

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते २०:५५

नेपालको चर्चित इ कमर्स कम्पनि सस्तोडिल प्रालि मा भूतपूर्व अमेजन इन्डियाका CTO तथा फ्लिपकार्टको उपाध्यक्ष सौरभ चन्द्र सस्तोडिल डटकमको संचालक समितिमा सल्लाहाकारमा नियुक्त भएका छन्l

सस्तोडिल प्रालिका प्रमुख कार्यकारी अधिकृत अमुन थापा भन्छन्, दुरदर्शी तथा इ कमर्स प्रविधि बिज्ञ सस्तो डिल प्रालिमा आवद्ध हुनु भनेको सस्तोडिल प्रालिको लागि मात्र नभई समग्र नेपालको लागि महत्वपूर्ण उपलब्धि हो  lहाल बार्षिक ३०० प्रतिशत ब्यबसायिक वृद्धिदर भैरहेको अवस्थामा हामीले सोचेभन्दा फरक तथा थप चुनौती प्रविधि क्षेत्रमा थपिँदै गएको अवस्था छ l यो अवस्थामा सौरभ चन्द्र हामीसँग हुनु भनेको सस्तोडिल संचालक समितिको लागि मात्र नभई ई-कमर्स क्षेत्रमा देशकै लागि ठुलो विश्वास तथा भरोसा हुनेछ l म ढुक्क छु कि यो खबरले नेपाली इ कमर्स उद्योगमा खुसी ल्याउनेछ l’

 अमेजन इन्डियामा प्रमुख प्रविधि विज्ञ (चिफ टेक्नोलोजी अफिसर) को रुपमा आवद्ध हुनुभन्दा अगाडि सौरभले फ्लिपकार्टको प्रविधि प्रमुखको रुपमा मात्र नभई फ्लिपकार्टमा उपाध्यक्षको साथै मिन्त्रा (Myntra) को प्रमुख सुचना अधिकृतको समेत भूमिका निर्वाह गरेका थिए l

त्यति मात्र नभई ग्लोबल भाइस प्रेसिडेन्टको रुपमा जे.पी. मोर्गन इन्जिनियरिंग जब्समा नेतृत्व गरेका थिए l सौरभ इन्डियाको प्रतिष्ठित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट अह्मेदाबाद र इन्स्टिच्युट अफ टेक्नोलोजी बिरलाबाट दीक्षित छन् । उनले ३ ओटा फरक टेक्नोलोजीको प्याटेन्ट आफ्नो पोल्टामा पार्नुको साथै प्रविधि क्षेत्रमा २ ओटा पुस्तक समेत लेखेका छन् l

सौरभ चन्द्र भन्छन्, ‘इ – कमर्स कम्पनिहरुको भिडमा धेरै थोरै genuine कम्पनिहरु छन् जसले ग्राहकको वास्तविक तथा महत्वपुर्ण समस्या समाधानको निमित्त गहिराइमा पुगी ग्राहक सेवा गर्ने जमर्को गर्छन, ति कम्पनिमध्ये एक कम्पनि सस्तोडिल हो l यो समय उपभोक्तावादको समय हो र सस्तोडिल टिम र संचालक समितिको बिचार र कदमले नेपाली ग्राहकको सेवा तथा सन्तुष्टिलाई थप मजबुत बनाउन गुणस्तरीय सामान उपलब्ध गराउँदै ग्राहक सेवालाई केन्द्रविन्दुमा राखी अघि बढ्ने योजना रहेको छ l नवीन सोच तथा ग्राहक सेवामा भावनात्मक रुपमा लागीपरेका टिम सदस्यहरु, दिगो ब्यबसायिक योजना, तथा दुरदृष्टि मात्र नभइ प्रविधि केन्द्रमा राखी निरन्तर परिमार्जन तथा नया निर्माण गर्दै परम्परागत ब्यबसायिक मार्केट पद्दतिलाई भंग गर्दै नेपाल तथा विश्वभरि रहेका ग्राहकमा नयाँ अनुभव, सुविधा तथा उमंग ल्याउने छ l सस्तोडिलको संचालक समिति, टिम सदस्य र आगामी यात्राको लागि उत्सुक तथा आभारी छु र सस्तोडिल र नेपालि ग्राहक सेवामा मध्यनजरगर्दै अघि बढ्न आतुर छु l’

सस्तो डिल प्रालि अध्यक्ष प्रतिक जलान भन्छन्, अमेजन र फ्लिपकार्ट जस्तो विश्वमा प्रविधिको नेतृत्व गर्दै इ कमर्स ब्यबसाय गरिरहेका कम्पनीमा अनुभवी सौरभले संचालक समितिमा ठुलो योगदान पुर्याउने छन् l सस्तोडिल संचालक समितिमा उर्जा थपिएको महसुस गरेको छु l संचालक समिति, सौरभको विज्ञता र अनुभवको उपयोगले सस्तोडिल थप उचाईमा पुर्याउनसँगै हातेमालो गर्न उत्प्रेरित छ l’

डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा कार्यकारी प्रमुख टिम गोचर भन्छन्, एउटा कुरा जुन म सँधै आदर गर्ने गर्दछु कि सस्तोडिल टिम, नेपाल बाहिर तिब्र गतिमा विकास हुदै गएको इ कमर्स उद्योगबाट अन्तर्राष्ट्रिय सिस्टमहरु समेत सिक्दै सो कुरा ब्यबहारमा परिमार्जन गर्दै अघि बढिरहेको छ l जुन कुरा भारत र अन्तर्राष्ट्रिय इ कमर्स उध्योगमा अनुभवी सौरभको नियुक्ति यहि उद्धेश्य अनुरुप अघि बढ्न थप उपयुक्त भएको छ l’

सस्तोडिल टेलीभेन्चरका संचालक प्रतिक जलान, डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचर, आइसीटीसी ग्रुपका संचालक डिजे श्रेष्ठ, सस्तोडिल प्रालिका सह संस्थापक तथा प्रमुख प्रविधि अधिकृत शोधन मानन्धर, सस्तोडिल प्रालिका सस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापा र भूतपूर्व अमेजन इन्डियाका CTO सौरभ चन्द्र सस्तोडिल प्रालिको संचालक समितिका पधाधिकारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?