+
+
Shares

चितवनमा हेटौंडाका कोरोना संक्रमित वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २० गते ७:५७

२० कात्तिक, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको विहीबार बिहान मृत्युु भएको छ ।

मृत्यु हुने ८२ वर्षीय वृद्ध मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?